अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८ | Colorodo: 07:53

कोभिड–१९ का कारण विश्वभर ३ लाख ६६ हजार ८ सय बढीको मृत्यु, ६० लाख ३० हजार ४ सय ३५ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ १६ गते ८:३६ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ३ लाख ६६ हजार ८ सय ९ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ६० लाख ३० हजार ४ सय ३५ जना संक्रमित भएका छन् । कोरोना संक्रमित २६ लाख ५९ हजार २ सय ५० जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख ४ हजार ५ सय ४२, इटालीमा ३३ हजार २ सय २९ , स्पेनमा २७ हजार १ सय २१ , फ्रान्समा २८ हजार ७ सय १४ , बेलायतमा ३८ हजार १ सय ६१ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ७ हजार ६ सय ७७ , जर्मनीमा ८ हजार ५ सय ९४ , बेल्जियममा ९ हजार ४ सय ३०, ब्राजिलमा २७ हजार ९ सय ४४, रसियामा ४ हजार ३ सय ७४ र क्यानडामा ६ हजार ९ सय ७९ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ४ हजार ९ सय ८० , पाकिस्तानमा १ हजार ३ सय १७ , बंगलादेशमा ५ सय ८२ जनाको ज्यान गएको छ । अफगानिस्तानमा २ सय ४६ , श्रीलंकामा १० र माल्दिभ्स्मा ५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ३१ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू