अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

पाकिस्तानमा मे २ मा दुर्घटना भएको बिमानमा ३ करोड भेटियो

बिआरटीनेपाल २०७७ जेठ १६ गते ८:३५ मा प्रकाशित

पाकिस्तानमा गत २२ मेमा दुर्घटनाग्रस्त भएको विमानको भग्नावशेषमा अलग–अलग देशको लगभग तीन करोड रुपैयाँ भेटिएको छ । अनुसन्धान अधिकारी अब यति ठूलो रकम बिमानस्थलको सुरक्षा जाँच र लगेज स्क्यानरमा किन भेटिँदैन भनेर अनुसन्धानमा लागेका छन् । उक्त रकम दुईवटा ब्यागमा भेटिएको छ ।

अनुसन्धानमा जुटेका अधिकारीका अनुसार दुर्घटनामा मारिएका व्यक्ति र उनीहरुको लगेज पहिचानको काम चलिरहेको छ । २२ मे मा लाहौरबाट कराँची जाँदै गरेको विमान अवतरण हुनु केही मिनेट अघि मात्रै दुर्घटना भएको थियो । विमानका चालक दलका सदस्यसमेत ९९ व्यक्ति सवार थिए, जसमध्ये जम्मा दुइ जनाको ज्यानमात्र बाँच्न सफल भएको थियो ।

मारिएका ९७ व्यक्तिमध्ये नौ बालबालिका थिए । दुर्घटना कराँची अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै आवसीय इलाकामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू