अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 09:58

भारतमा आन्तरिक उडान सुचारु भएपछि बिमानमा धमाधम कोरोना संक्रमित भेटिन थाले

बिआरटीनेपाल २०७७ जेठ १५ गते ८:०१ मा प्रकाशित

भारतमा लकडाउनकै बीच आन्तरिक उडान सुचारु गरेपछी बिमानमा धमाधम कोरोना संक्रमितहरु भेटिएपछी भारत सरकार अप्ठेरोमा परेको छ । हालै भारतको नयाँ दिल्लीबाट कोलकोताको लागि उडान भरेको एअर एशियाको बिमानबाट यात्रा गरेका एक भारतीय नागरिक कोराना पोजिटिभ पाइएपछी उनलाई आइसोलेशनमा लगिएको छ ।

सो बिमानमा यात्रा गर्ने सबैकोे कोरोना टेष्ट गरिएको छ । कोलकता प्रस्थान गर्ने क्रममा यात्रुहरुको स्क्रिनिङ गर्ने क्रममा ती ब्यक्ति कोरोना पोजिटिभ भएको खुलासा भएको छ । उनी यसअघी भारतको क्वारेन्टाइनमा रहेको ब्यक्ति भएको खुलासा भएको छ । भारतमा गत मे २५ देखि लकडाउनकै बीच आन्तरिक उडानहरु शुरु गरेपछी ८ जना चालकदलका सदस्यहरुलाई कोरोना संक्रमण भएपछी क्वारेन्टाइनमा राखिएको छ ।

यसअघी भारतकै बैग्लोरबाट इंडिगो एअरलाइन्सबाट मदुरैका लागि उडान भरेका ब्यक्ति कोरोना संक्रमित भएपछी सो बिमानमा यात्रा गर्ने र चालक दलका सदस्यहरुलाई १४ दिन सम्मका लागि क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू