अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२८ | Colorodo: 18:43

हङकङ अब चीनको विशेष स्वायत्त क्षेत्र रहेनः अमेरिका

बिआरटीनेपाल २०७७ जेठ १४ गते २२:३१ मा प्रकाशित

अमेरिकाले हङकङ अब चीनको विशेष अधिकार प्राप्त स्वायत्त क्षेत्र नरहेको जिकिर गरेको छ । अमेरिकी कंग्रेसमा विदेश मन्त्री माइक पोम्पिओले हङकङमा अब चीनबाट प्राप्त उच्चस्तरको स्वायत्तता बाँकी नरहेको दाबी गर्नुभएको हो । हङकङले विशेषस्तरको स्वायत्तताको हैसियत गुमाएसँगै अमेरिकाको हङकङसँग रहेको विशेषस्तरको व्यापारिक सम्बन्धमामा नोक्सान पर्न सक्ने उहाँले कंग्रेसलाई जानकारी दिनुभयो ।

यसले एक अन्तर्राष्ट्रीय वित्तीय क्षेत्रका रुपमा कायमै रहिरहन पनि हङकङलाई खतरा आउनसक्ने उहाको भनाई छ । राष्ट्रपति डोनल्ड ट्रम्प र उहाँको प्रशासन चीनमाथि गरिने कार्वाहीको स्वरुपबारे छलफल गरिरहेका बेला विदेशमन्त्री पोम्पियोले यस्तो बताउनुभएको हो । कोरोना भाइरसको महामारीको सूचना समयमा नदिएको भन्दै चीनसँग रुष्ट ट्रम्प प्रशासन बेइजिङसँग व्यापार युद्धमै रहेको छ ।

चीनले लागू गरेको नयाँ नीतिका कारण अब हङकङकले अमेरिकासँग यसअघि जस्तै हैसियतमा व्यापारिक सम्बन्ध कायम गर्न नसक्ने जानकारी पनि उहाँले दिनुभयो । हङकङले चीनसँग उच्चस्तरको स्वायत्तता कायमै राख्न सक्छ भन्ने कसैले पनि दाबी गर्न नसक्ने पोम्पियोको भनाई छ ।एक देश दुई नीति अन्तर्गत बेइजिङमा भन्दा भिन्न ढंगले हङकङमा सीमित लोकतन्त्र र नागरिक स्वतन्त्रताको उपयोग गरिरहेको थियो ।

अमेरिकाले गत वर्षमात्र लोकतन्त्र पक्षधर प्रदर्शनकारीको समर्थनमा हङकङ मानवअधिकार र लोकतन्त्र एैन नै जारी गरेको थियो । उक्त ऐन अनुसार अमेरिकाले प्रत्येक वर्ष हङकङमा चीनसँगको स्वायत्तता कायम रहे नरहेको कंग्रेसलाई जानकारी गराउनुपर्ने हुन्छ । चीनले हालै हङकङमा सुरक्षा कानुन पारित गराएको छ । चिनियाँ समर्थनमा ल्याइएको उक्त कानुनको हङकङकका प्रजातन्त्र पक्षधरहरुले विरोध गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू