अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 22:46

कोभिड–१९ का कारण विश्वभर ३ लाख ४६ हजार ६ सय बढीको मृत्यु, ५४ लाख ९८ हजार ५ सय संक्रमित

बिआरटीनेपाल २०७७ जेठ ११ गते २२:०३ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ३ लाख ४६ हजार ६ सय ८८ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ५४ लाख ९८ हजार ५ सय ८० जना संक्रमित भएका छन् । कोरोना संक्रमित २३ लाख २ हजार ४ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा ९९ हजार ३ सय , इटालीमा ३२ हजार ७ सय ८५, स्पेनमा २८ हजार ७ सय ५२ , फ्रान्समा २८ हजार ३ सय ६७ , बेलायतमा ३६ हजार ७ सय ९३ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ७ हजार ४ सय १७ , जर्मनीमा ८ हजार ३ सय ७१ , बेल्जियममा ९ हजार २ सय ८०, ब्राजिलमा २२ हजार ७ सय १६, रसियामा ३ हजार ५ सय ४१ र क्यानडामा ६ हजार ४ सय २४ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ४ हजार २४ , पाकिस्तानमा १ हजार १ सय ३३ , बंगलादेशमा ४ सय ८० जनाको ज्यान गएको छ । अफगानिस्तानमा २ सय १८ , श्रीलंकामा ९ र माल्दिभ्स्मा ४ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा २७ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू