अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०७ | Colorodo: 07:22

’न्युयोर्क टाइम्स’द्धारा कोरोना भाइरसबाट ज्यान गुमाएका १००० जनाको नाम प्रकाशित

बिआरटीनेपाल २०७७ जेठ ११ गते ७:३५ मा प्रकाशित

अमेरिकाको चर्चित अखबार न्युयोर्क टाइम्सले आइतबारको अङ्कमा पहिलो पृष्ठमा अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाएका एक हजार जनाको नाम सूचीबद्ध गरेर प्रकाशित गरेको छ । आइतबारको न्युयोर्क टाइम्सको पहिलो पृष्ठमा सबैभन्दा महत्तवपूर्ण शब्द ’अकल्पनीय’ लेखिएको छ । अमेरिकामा कोरोना भाइरसबाट भएको क्षति वास्तवमा असाध्य छ । कोभिड–१९ ले पुर्याएको क्षति कुनै पनि चित्रण वा विवरणभन्दा धेरै छ । तर द टाइम्सले आइतबार पहिलो पृष्ठ र भित्री तीन पृष्ठमा झण्डै एक हजार पीडितको नाम प्रकाशित गर्दै एक अनौठो कोशिस गरेको छ ।

कुनै पनि तस्बिर समाचार लेख विज्ञापन वा कुनै अन्य चीजरहित एक पहिलो पृष्ठ । पूरै पृष्ठ मृतकको नामले भरिएको छ । ब्यानर शीर्षकमा भनिएको छ, ’अमेरिकामा मृतकको सङ्ख्या १००००० नजिक, एक अकल्पनीय क्षति ।’

कैयौँ विशेषज्ञका अनुसार कोभिड–१० को मृत्युको कारण अझै खराब छ किनकि केही पीडितको मृत्यु घरमै भएको हो वा अन्य कारणले गर्दा हो, गनिएको छैन । तर मृतकको सङ्ख्या एक लाख पुग्न लागेको छ । द टाइम्सका सम्पादक र पत्रकारहरुले पछिल्लो केही महिनामा के भयो यसको जानकारी लिने तरिकाको बारेमा कुरा गरेका छन् ।

टाइम्सको ग्राफिक्स डेस्कका सहायक सम्पादक भन्छन्, ’हामीलाई थाहा थियो, त्यो सङ्ख्यालाई फेरि गन्ने कोसिस गर्नुपर्छ ।’ न्युयोर्क टाइम्सले शनिबार दिउँसो अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक लाख नजिक पुगेको बताएको थियो । यो सङ्ख्या विश्वको कुनै पनि देशको तुलनामा धेरै हो । महामारीको कारण ज्यान गुमाउनेहरुको लागि अखबारको तर्फबाट यो एउटा श्रद्धाञ्जली भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू