अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 00:41

भारत नौतनवाको क्वारेन्टिनमा बसेका स्याङ्जाका युवकको मृत्यु

बिआरटीनेपाल २०७७ जेठ १० गते ७:३७ मा प्रकाशित

भारतको नौतनवास्थित क्वारेन्टिनमा बसेका एक नेपालीको मृत्यु भएको छ। रोजगारीका लागि भारत गएका स्याङ्जा हरिनास गाउँपालिका २ चिसापानीका ३२ वर्षीय पुरुषको शनिबार मृत्यु भएको भारत नौतनवाका एसडीएम जसधिर सिंहले जानकारी दिएका छन् ।

हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले आफूहरुले पनि क्वारेन्टिनमा बसेका चिसापानीका एकजनाको मृत्यु भएको जानकारी पाएको बताउनुभएको छ । थप जानकारी लिने प्रयास भईरहेको मानन्धरके भनाई छ । ती युवक जेठ ५ गतेदेखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टिननमा बसेका थिए।

उनको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित अस्पतालमा उपचार गरेर क्वारेन्टिनमा ल्याएपछि मृत्यु भएको बताइएको छ। हिँडेरै स्याङ्जा जाने प्रयासमा भारत अलिगढबाट रुपन्देहीको नाका बेलहिया आएका उनलाई नेपाल प्रवेश नदिएपछि नौतनवाको क्वारेन्टिनमा राखिएको थियो। नौतनवाको सो क्वारेन्टाइनमा १ सय ३९ जना नेपाली छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू