अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 03:21

उसलाई के थाहा

डा. प्रणय शमशेर ज. ब. रा. २०७७ वैशाख २९ गते २१:५७ मा प्रकाशित

रगत पसिनाले आर्जेको जमिन भएपो माया लाग्थ्यो
सत्ताको लागि जमिन र जमिर बेच्नेलाई १-१ इन्च जोड्दाको पीडा के थाहा

नेता त्यो जो रणभूमिमा अग्रपङ्क्तिमा उभिएर देशको रक्षा गर्दथ्यो
७० काट्दा पनि लम्पसार पर्दै अनेक कानुनका प्वाल खोज्दै
पगरी पहिरिन चाहनेलाई वास्तविक नेताको परिभाषा के थाहा

जनतासँग काँधमा काँध मिलाएर हिँड्न बहुत बलवान हुनुपर्दछ,
सीमित गुमराह दास कार्यकर्ता बोकेर हिँड्नेलाई जनता को हो के थाहा

शासक त भन्छ आफूलाई तर शासन प्रणाली भन्दा पनि पाचन प्रणालीमा बढी जोड छ
घुसमा मोटाउने उडुसलाई विधिको शासन के थाहा

आफूलाई आहुति चढाई देश देख्न चाहनेको कमी छैन यहाँ
तर बाऊ बिर्सने, आमा बेच्ने,
अनि लोक नङ्ग्याएर महामारीमा समेत सन्तान पोस्नेलाई नेपालको माया के थाहा
खाई-नखाई जङ्गे पिलर समाउने नेपालीको व्यथा के थाहा

प्रतिक्रिया