अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०७ | Colorodo: 05:22

अमेरिकी कच्चा तेलको मूल्य इतिहासमा पहिलोपटक शून्यभन्दा पनि तल

बिआरटीनेपाल २०७७ वैशाख ८ गते २२:३९ मा प्रकाशित

इतिहासमा पहिलोपटक अमेरिकी कच्चा तेलको मूल्य शून्यभन्दा पनि तल अर्थात ऋणात्मक भएको छ । कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम भएकाले तेलको मूल्यमा भारी गिराट आएको बीबीसीले जनाएको छ । लकडाउनका कारण विश्वभरका मानिसहरु घरभित्रै बसिरहेका छन् ।

तेलको माग घट्नुको एउटा प्रमुख कारण यही हो । भण्डारण गर्ने ठाउँ नभएपछि तेल कम्पनीहरुले ट्यांकर भाडामा लिइराखेका छन् ताकि बढी भएको तेल ट्यांकरमा भए पनि राख्न सकियोस् । तर, यसको असर अमेरिकाको कच्चा तेलको मूल्यमा परेर शून्यभन्दा पनि तल झरेको छ ।

तेलको मूल्यमा ऐतिहासिक गिरावट आउनु धेरैजसोका लागि चासोको विषय भएको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले सरकारले तेलको मूल्य सही बाटोमा ल्याउने दाबी गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू