अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

काठमाडौँका तीन जनामा कोरोना र्‍यापिड टेस्ट पोजेटिभ : सन सिटी अपार्टमेन्ट लकडाउन

बिआरटीनेपाल २०७७ वैशाख १ गते २०:०६ मा प्रकाशित

काठमाडौँ : बेलायतबाट फर्केर काठमाडौँमा बसेका तीन जनामा कोरोना सङ्क्रमणको र्‍यापिड टेस्ट पोजेटिभ देखिएको छ। काठमाडौँको पेप्सीकोला टाउन प्लानिङस्थित सन सिटी अपार्टमेन्टमा बस्ने तीन जनामा र्‍यापिड टेस्ट पोजेटिभ देखिएपछि कोरोना परीक्षणका लागि पठाइएको छ।

पाटन अस्पतालका कोरोना फोकल पर्सन डा. आशिष् श्रेष्ठका अनुसार उनीहरू तीन जनाकै र्‍यापिड टेस्ट पोजेटिभ देखिएको अन्नपूर्ण अनलाइनलाई बताए। डा.श्रेष्ठले भने, ‘र्‍यापिड टेस्ट पोजेटिभ देखिएपछि तीन जनालाई नै कोरोना परीक्षणका लागि सोमबार साँझ पठाइएको छ। कोरोना परीक्षण रिपोर्ट आउन केही समय लाग्ने छ।’

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले उनीहरू तीन जना नै पाटन अस्पतालमा भर्ना भएको पुष्टि गरे ।एकै परिवारका उनीहरू ८१ बर्सिया वृद्ध आमा सहित ५८ छोरा र ५६ बर्सिया बुहारी रहेका छन्।

प्रहरीका अनुसार अपार्टमेन्टमा बस्ने तीन जनालाई र्‍यापिड टेस्ट पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरिएको छ। अपार्टमेन्टलाई प्रहरी घेरामा राखिएको छ। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू