अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१३ | Colorodo: 23:28

यूएईमा कोरोना सङ्क्रमित नेपालीको संख्या ११ पुग्यो

बिआरटीनेपाल २०७६ चैत २४ गते ६:५९ मा प्रकाशित

संयुक्त अरब इमिरेट्स (यूएई)मा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित नेपालीको संख्या ११ पुगेको छ । यूएईको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै आबुधाबीमा रहेको नेपाली दूतावासले ११ जना नेपालीमा कोरोनाको सङ्क्रण भएको पुष्टि गरेको हो । आइतबार साँझसम्ममा ४ महिला सहित ११ जना नेपालीमा कोरोना सङ्क्रमण भेटिएको दूतावासकी प्रवक्ता एवं उपनियोग प्रमुख रीता धितालले जानकारी दिनुभयो ।

११ जना नेपालीमध्ये दुई जना यसअघि नै निको भएर अस्पतालबाट डिस्चार्ज भैसकेका छन । बाँकी ९ जनाको उपचार भैरहेको र अवस्था सामान्य रहेको दूतावासले जनाएको छ । ’दुई जनाको सफल उपचार भएको छ, अरुको पनि निःशुल्क उपचार भैरहेको छ’ यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले भन्नुभयो र्। ै राजदूत ढकालले यूएईको स्वास्थ्य उपचार पद्धति राम्रो भएको र सङ्क्रमित सबै युवा उमेर समूहका भएकाले सबैको सफल उपचार हुनेमा विश्वाश व्यक्त गर्नुभयो ।

राजदूत ढकालले नेपाल तथा यूएई सरकारसँग नियमित सम्पर्क भैरहेको र दूतावासले नेपालीहरुकोबारेमा जानकारी लिइरहेको पनि बताउनुभयो । यूएईमा कोरोनाबाट अहिलेसम्म १७ सय ९९ जना सङ्क्रमित भएका छन् । यसमध्ये १ सय ४४ जना निको भैसकेका छन भने १० जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू