अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

कोरोनाबाट विश्वभर साढे १६ हजारको मृत्यु, संक्रमित १ लाख बढी उपचारपछि निको

बिआरटीनेपाल २०७६ चैत ११ गते ७:१९ मा प्रकाशित

विश्वभर महारामारीको रुपमा फैलिरहेको नोभल कोरोनाभाइरस (कोभिड–१९) का कारण १९२ राष्ट्र प्रभावित भएका छन् । विश्वभर १६ हजार ५७८ जनाको मृत्यु भएको छ । ३ लाख ८२ हजार ८१६ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरु ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांकअनुसार १ लाख २ हजार ५२२ जना संक्रमित उपचारपछि निको भएका छन् ।

चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ । सबैभन्दा धेरै मानिसको मृत्यु इटालीमा भएको छ । त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ७७ जना पुगेको छ । इरानमा एक हजार ८१२ व्यक्तिको मृत्यु भइसकेको छ भने २३ हजार ४९ जना संक्रमित छन् ।

स्पेनमा २ हजार ३१६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३५ हजार २१२ पुगेको छ । जर्मनीमा १२३ जनाको मृत्यु भएको छ भने २९ हजार ५६ जना संक्रमित छन् । अमेरिकामा ५८२ जनाको मृत्यु भएको छ भने ४६ हजार १४५ जना संक्रमित छन् ।

फ्रान्समा ८६० जनाको मृत्यु भएको छ । १९ हजार ८८६ संक्रमित छन् । दक्षिण कोरियामा कोरोनाका कारण १११ जनाको मृत्यु भएको छ भने ९ हजार ३७ संक्रमित छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० र संक्रमितको संख्या ५११ पुगेको छ । पाकिस्तानमा ६ जनाको मृत्यु र ८९२ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू