अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३ | Colorodo: 23:18

बहराइनमा ३ नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि, आशंकामा अन्य ३ जना क्वारेन्टाइनमा

बिआरटीनेपाल २०७६ चैत ९ गते ८:१६ मा प्रकाशित

बहराइनमा तीन नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसैगरी अन्य तीन जनालाई पनि कोरोना आशंकामा क्वारेन्टाइनमा राखिएको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।

संक्रमण आशंकामा परीक्षण गरिएका तीनजनाको शनिबार पोजेटिभ रिपोर्ट आएको दूतावासले जनाएको छ । कोरोना भाइरस पोजेटिभ देखिएका उनीहरुको नाम गोप्य राखेर बहराइन सरकारले उपचार गरिरहेको बताइएको छ । अन्य तीनजना पनि कोरोना आशंकामा क्वारेन्टाइनमै रहेका छन् ।

उनीहरु रहने घरमा इटालीबाट फर्किएका एकजनामा सबैभन्दा पहिले कोरोना भाइरसको संक्रमण फेला परेको थियो ।त्यसपछि सो घरमा बस्ने सबैलाई बहराइन सरकारले क्वारेन्टाइनमा राखेको बताइएको छ । क्वारेन्टाइनमा राखिएका नेपालीहरुमा दुई पुरुष र एक महिला रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू