अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 21:57

विद्यार्थी जीवन

कुसुम रुपाखेती २०७६ फागुन २७ गते १२:०१ मा प्रकाशित

हरदिन झोला बोकी स्कुल पढ्न जान्छु,
पढ्ने लेख्ने ज्ञानी बन्ने आफ्नो काम ठान्छु ।
छुट्टी भई घर पुग्दा डुबी सक्छ घाम,
विद्यार्थी हुँ जान्या छैन गर्न छल छाम।

दिक्क लाग्छ सधैँभरि घर स्कुल गर्दा,
खुट्टा गल्ने घरमुनिको ओरालोमा झर्दा।
मनमा लाग्छ आज बिदा भए पनि हुन्थ्यो ,
हाँस खेल गरी रमाइलोमा दिन बिती जान्थ्यो ।

यस्तै कुरा सोच्दा सोच्दै बिते धेरै दिन,
कल्पना हो सोचेजस्तो भइदिन्थ्यो र किन।
बिदाको दिन घर बस्दा साथी सम्झिएर,
लागि हाल्ने त्यति बेला बोलाऊँ चिच्याएर।

स्कुलमा साथीसँग मिली हल्ला गर्‍यो,
आखाछलि शिक्षकको अनेक सल्ला गर्‍यो।
गल्ती गर्दा साथीभाइले ढाकछोप गर्ने,
हुन्न भन्या काम जति सबै गर्नु पर्ने।

स्कुलमा बित्छ दिन खेल्दै घुमी फिरी,
छुट्टी हुने बेला गन्यो हातको घडी हेरी।
घर आयो खाजा खायो गृहकार्य गर्‍यो,
यति गर्दा दिनभरिको थकाइ पनि मर्‍यो।

———————————–

कुसुम रुपाखेती
कक्षा- ९, श्री भुवनेश्वरी मा.वि धुनिवेसी -५, धादिङ

प्रतिक्रिया