अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१६ | Colorodo: 08:31

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार ३०० नाघ्यो

बिआरटीनेपाल २०७६ फागुन १ गते ७:४३ मा प्रकाशित

कोरोना भाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको वुहानमा मात्र एकै दिनमा २४२ जनाको ज्यान गएको बताइएको छ । एकै दिनमा २४२ जनाको ज्यान गएको बिहीबार प्राप्त एक समाचारमा जनाइएको हो । हुबेइ प्रान्तको वुहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको बताइएको थियो । यस भाइरसबाट हुने सङ्क्रमणलाई हालैमात्र वैज्ञानिकहरुले ‘कोभिड–१९’ नाम दिएका छन् ।

प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा ज्यान गुमाउनेको संख्यामा पनि बृद्धि भइरहेको बताइएको छ । पछिल्ला केही दिनमा नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्यामा ठूलो मात्रामा बृद्धि भएको बताइएको छ । वुहानमा मात्र थप १४ हजार ८४० जनामा यस भाइरसको सङ्क्रमण भएको पुष्टि भएको पछिल्लो समाचारमा जनाइएको छ ।

बुधबार भएको यस मृत्युसँगै मृतकहरूको कुल सङ्ख्या बुधबारसम्म १ हजार ३५० पुगेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो समयमा निको भएर फर्किएका बाहेक हाल सङ्क्रण भई उपचार गराइरहेका विरामीको संख्या झन्डै ६० हजार पुगेको छ । यस सङ्क्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । उक्त पार्टीले हुबेई प्रान्तका सचिवलाई हटाएको बताएको छ ।

उक्त पार्टीले त्यस स्थानमा चीनको साङ्घाइका पार्टी प्रमुखलाई पठाएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । केही दिनअघि मात्र पनि सरकारले स्वास्थ्य सेवाबाट केही अधिकारीहरूलाई पदमुक्त गरेको जनाइएको थियो । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार हाल चीनमा सङ्क्रमित भएका विरामीहरुमध्ये करीब ८० प्रतिशत हुबेई प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ ।

यस सङ्क्रमणबाट वुहानमा ज्यान गुमाएका २४२ जनामध्ये १३५ मा त्यसरी नै रोगको पुष्टि गरिएको थियो । हालसम्म यस प्रान्तमा मात्र सङ्क्रमण भएका व्यक्तिको संख्या ४८ हजार २०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उता विश्व स्वास्थ्य सङ्गठनले भने चीनमा देखा परेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ ।

जेनेभामा आयोजित एक कार्यक्रममा उक्त सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू