अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

गायक, पत्रकार देखि नेतासम्म गुपचुप दक्षिण कोरिया पुगेर फर्किए

बिआरटीनेपाल २०७६ माघ २६ गते ११:४३ मा प्रकाशित

नेपाली मिडियाकर्मीसँगै हुँदा पनि कुनै मिडियामा भएन कार्यक्रमको चर्चा

दक्षिण कोरिया, दक्षिण कोरिया झट्ट नाम सुन्दा सर्वप्रथम जो कोही नेपालीको दिमागमा रोजगार प्रक्रिया प्रणाली मार्फत आप्रवासी कामदार भित्राउने देश भनेर सम्झे पनि यहाँ अध्ययन व्यापार, व्यवसाय, शिक्षण लगायत विभिन्न पेसामा संलग्न भएर वर्षमा हजारौँ विभिन्न देशका आप्रवासीहरू प्रवेश गर्दछन् भने यहाँ छोटो समयमा भएको द्रुत गतिको विकासलाई हेर्न नेपालबाट पनि विविध योजना अन्तर्गत राजनीतिक दल तथा प्रदेश एंवम स्थानीय सरकारका प्रतिनिधि पनि दक्षिण कोरिया बेलाबेलामा आउने गर्दछन् ।

तर पछिल्लो समय अर्थात् माघ १८ गते शनिवार नेपाल देखी थाई एयरलाइन्सको विमानबाट राजनीतिक दलका प्रतिनिधि, पत्रकार, विभिन्न संस्थामा आबद्ध ब्यत्ति, गायक लगायत तिन दर्जनको हाराहारीमा नेपालीहरू विवादास्पद क्रिस्चियन धर्म प्रचारक संस्था भनेर नेपाली मिडियाले समाचार प्रकाशन तथा प्रसारण गरेका र आफ्नो आधिकारिक बेभसाईटमा विश्व शान्तिका लागि काम गर्ने उल्लेख गरेको संस्था युनिभर्सल पिस फेडेरेसन (युपिएफ)ले फेब्रुअरी २–७ सम्म आयोजना गर्ने कार्यक्रम “वल्र्ड पिस समिट २०२०” मा भाग लिन दक्षिण कोरिया प्रस्थान गरेका थिए भने उनीहरूका लागि कोरियामा लोट्टो होटेलका कोठाहरू बुकिङ गरिएको थियो ।

युनिभर्सल पिस फेडेरेसनका संस्थापक डा. सन् म्योङ मुनको १०० औ जन्म जयन्तीको अवसर पारेर दक्षिण कोरियाको राजधानी सौलमा आयोजना गरिएको बल्र्ड पिस समिट कार्यक्रममा संयुक्त राष्ट्र सङ्घका पूर्व महासचिव वान कि मुनलाई सन् हाक शान्ति पुरस्कार प्रदान गरिएको थियो भने कार्यक्रममा नाइजेरिया, फिनल्यान्ड, फिलिपिन्स, भारत, कम्बोडिया लगायत विभिन्न राष्ट्रका विशेष प्रतिनिधिहरूको उपस्थिति थियो ।

को को उपस्थिति भए ?
प्रदेश नम्बर एक कि उपसभामुख सरस्वती पोख्रेल,युनिभर्सल पिस फेडेरेसनका महासचिव विनोद डाँगी, नेकपाका नेता एंंवम पूर्व मिस नेपाल श्रृखला खतिवडाका, बाबु विरोध खतिवडा, गायक आनन्द कार्की,जनता जान्न चाहन्छन् कार्यक्रमका सञ्चालक एंवम प्रस्तोता ऋषि धमला, प्राइम टेलिभिजनका वैकुण्ठ प्रसाद ढुङ्गाना, ऋषि केश पोख्रेल, प्रकाश थापा, सन्तोष पौडेल, किरण खनाल, काशीनाथ खनाल, काँग्रेस नेता तारामान गुरुङ, पूर्व सभासद् मिलन राजवंशी, तेजुलाल चौधरी, राम श्रेष्ठ, पूर्व उपराष्ट्रपति परमानन्द झा, इमेज टेलिभिजनकी उरुशा जोशी, एकनाथ ढकाल, सुनिता डङ्गोल, क्लासिक एफएमकी सबिना कार्की खतिवडा, नेपाल रिपब्लिक मिडियाका प्रशान्त लामिछाने, पूर्व संविधान सभा सदस्य अनन्त पौडेल लगायत तिन दर्जनको हाराहारीमा नेपाली प्रतिनिधिहरू उपस्थिति रहेका भए पनि काँग्रेस नेतृ सुजाता कोइराला र उनका स्वकिय सचिव लक्ष्मण थपलिया, जिपि फाउन्डेसनका एमडी तथा महानायक राजेश हमालका दाजु राकेश हमाल पनि सँगै रहेका थिए तर उनीहरू युनिभर्सल पिस फेडेरेसनले स्थापना गरेको एसियाली दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) गठन गरी सहयोग गर्दै आइरहेको युपिएफका संस्थापक दम्पतीका चेला फिलिपिन्सका पूर्व सभामुख जोसर्ड भेनिसियाले स्थापना गरेको संस्थाको कार्यक्रममा आएको भन्ने जनाईएता पनि वल्र्र्ड पिस समिटको कार्यक्रममा समेत उनको उपस्थिति थियो भने यही मौकामा जिपि फाउन्डेसनको कोरिया शाखा समेत गठन गरेकी थिइन साथै सुजाता कोइराला युनिभर्सल पिस फेडेरेसन अन्तर्गत नै रहेको ईन्टरनेशनल लिडरसिप कन्फ्रेन्सको होटेल र्याडिसन काठमाडौँमा बसेको बैठकमा समेत उपस्थिति थिइन तर त्यही नेपाली काँग्रेस पार्टीका युवा नेता गगन थापाले कुनै बेला आफ्नो फेसबुक पेजमा एक सन्देश जारी गदै युपिएफलाई तत्काल नेपालमा प्रतिबन्ध लगाउन माग समेत गरेका थिए । उनले आफूलाई सन् २००६ मा फिलिपिन्स लगेर शान्तिदुत घोषणा गर्न लागेको भए पनि आफूले यो कस्तो संस्था हो भनेर बुझ्दै जाँदा विवादास्पद संस्था रहेको आरोप सहित आफू नगएको जनाएका थिए ।

यता दक्षिण कोरिया स्थित नेपाली दूतावासलाई समेत नेपालको परराष्ट्र मन्त्रालयले पूर्व उपराष्ट्रपति परमानन्द झा र पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री सुजाता कोइरालालाई आवश्यक सहयोग र समन्वय गरिदिनका लागि भन्दै चिठ्ठी नै पठाइएको भन्ने जानकारी प्राप्त भएको छ । यसै संस्थाले गतबर्ष काठमाडौँमा होली वाइन कार्यक्रम आयोजना गरेको थियो कार्यक्रममा उपस्थिति हुन युनिफिकेशन चर्च प्रमुख डा.हक जा हान् मुन नेपालमा आएकी थिइन भने प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद्को स्वीकृति बेगर युनिफिकेशन पिस फेडेरेसनको एक लाख अमेरिकी डलर राशिको लिडरसिप एण्ड गर्भरमेन्स एवार्ड हक जा हान मुनको हातबाट ग्रहण गरेका थिए । यसबिषयमा नेकपा पार्टी भित्रै केही नेताबाट विरोध भएको थियो ।

बि.सं.२०५२ सालमा सिद्धान्त महाविद्यालय सङ्घका नाममा नेपालमा स्थापना गरेसँगै यस युनिभर्सल पिस फेडेरेसनको मुख्य संस्था युनिफिकेशन चर्चले कुनै बेला समाजसेवाका नाममा बिद्यार्थीहरुलाई किताब कापी कलम समेत बेच्न लगाउने गरेको आरोप लगाइन्छ भने यस संस्थाले पछिल्लो समय एकता एकेडेमी,रिलिज यस युथ सर्भिस,युथ एण्ड स्टुडेन्ट फर पिस लगायत विभिन्न संस्थाको नाममा आफ्नो कार्यक्रम चलाउने गरेको चर्चा सँगै यस युनिफिकेश पिस फेडेरेशनको नेपालमा नक्साल स्थित कार्यालय छ परिवार दलका अध्यक्ष तथा पूर्बमन्त्री एकनाथ ढकाल नेपाल प्रमुख हुन ।

फोटो: एफएफडब्लुपियु ईन्टरनेसनल हेडक्वार्टर पोस्ट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू