अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०९ | Colorodo: 04:24

अस्ट्रेलियाका वैज्ञानिकले बनाए नयाँ कोरोना भाइरस

बिआरटीनेपाल २०७६ माघ १५ गते ६:१० मा प्रकाशित

अस्ट्रेलियाका वैज्ञानिकहरुले नयाँ कोरोना भाइरसको सिर्जना गरेका छन् । उनीहरु चीन बाहिर नयाँ कोरोना भइरस सिर्जन गर्न सफल भएका हुन् । यसलाई वैज्ञानिकहरुले महत्वपूर्ण ‘ब्रेकथ्रु’ भनेका छन् । वैज्ञानिकहरुले सिर्जना गरेको नयाँ कोरोना भाइरस विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई उपलब्ध गराउने छन् । यसबाट अहिले महामारिको रुपमा लिएको नोवेल कोरोना भाइरसको उपचार विधि पत्ता लगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चीनका वैज्ञानिकले पनि भाइरस सिर्जना गरेका थिए । उनीहरुले डब्लुएचओलाई भाइरस नै उपलब्ध गराएका थिएनन्, उनीहरुले सो भाइरसको जेनोमी सिक्वेन्स मात्रै दिएका थिए । चीनको वुहानबाट सुरु भएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म १०६ जनाको ज्यान गएको छ । ज्यान गुमाउने सबै चीनकै हुन् र अधिकांश वुहान क्षेत्रकै छन् ।

चीनमा नोवेल कोरोना भाइरसका कारण ४५ सयजना भन्दा बढी संक्रमित भएका छन् । चीन बाहिरका १५ देशमा पनि नोवेल कोरोना भाइरसको संक्रमण फैलिएको छ । नेपाल, अमेरिका, फ्रान्स, थाइल्याण्ड, अस्ट्रेलियासहितका देशमा कम्तिमा ४७ जनामा संक्रमण पुष्टि भएको छ । अस्ट्रेलियाको मेलबर्नमा रहेको विशेषज्ञ प्रयोशालामा बनाइएको नयाँ कोरोना भाइरसमाथि अध्ययन गरेर त्यसबाट बच्ने उपायहरुको खोजी हुनेछ ।

संक्रमित बिरामीबाट लिइएको भाइरसबाट अर्को भाइरस बनाइएको हो । गएको शुक्रबार वैज्ञानिकहरुले भाइरसको नमूना पाएका थिए । त्यसपछि उनीहरुले अर्को भाइरस बनाएका हुन् । वैज्ञानिकले सिर्जना गरेको नयाँ भाइसलाई संक्रमण रोक्ने सामग्रीको रुपमा प्रयोग गरिने डाक्टरहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू