अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१३ | Colorodo: 08:28

अमेरिकी तल्लो सदनबाट तिब्बतसम्बन्धी विधेयक पास

बिआरटीनेपाल २०७६ माघ १५ गते ६:०३ मा प्रकाशित

तिब्बती नागरिकको मानव अधिकार, धार्मिक स्वतन्त्रता र तिब्बतको अर्थपूर्ण स्वायत्तताका लागि भन्दै अमेरिकी तल्लो सदन ‘हाउस अफ् रिप्रेजेन्टेटिभ्स’ ले एउटा विधेयक पास गरेको छ । चीनमा सीमान्तकृत समुदायमाथि दमन भएको बताउँदै अमेरिकाले ‘तिब्बत पोलिसी एन्ड सपोर्ट एक्ट २००२’ लाई संशोधन गर्न नयाँ विधेयक ल्याएको हो ।

पहिलेदेखि नै दलाई लामाको विषयले चीन–अमेरिका सम्बन्ध चिसो बनाइरहेको थियो। सदनबाट तिब्बतसम्बन्धी विधेयकले दुई देशबीचको कुटनीतिक सम्बन्धमा दरार ल्याउने आँकलन गरिएको छ। अमेरिकी तल्लो सदनले पास गरेको विधेयकमा निर्वासनमा रहेका धार्मिक गुरु दलाई लामाको उत्तराधिकारी चयनमा दबाब पुर्याउन खोज्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउने उल्लेख छ।

ती अधिकारीलाई अमेरिका प्रवेश गर्न दिइने छैन। त्यस्तै तिब्बतको राजधानी ल्हासामा अमेरिकी कन्सुलेट स्थापनाका लागि अनुमति नदिएसम्म अमेरिकामा थप चिनियाँ कन्सुलेट स्थापनाका लागि अनुमति नदिने विधेयकमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू