अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०१ | Colorodo: 02:16

चीनले २ दिनमै बनायो ’कोरोना भाइरस अस्पताल’

बिआरटीनेपाल २०७६ माघ १५ गते ६:०१ मा प्रकाशित

चीनले दुई दिनमै कोरोना भाइरस प्रभावितको उपचारका लागि अस्पताल बनाएको छ । चीनको हुवाङगाङ सहरमा एक हजार शय्याको अस्पताल पूर्ण रुपमा सञ्चालनमा आएको हो । अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर रातारात अस्पताल बनाइएको हो। यो अस्पताल बुधबार बिहान साढे १० बज पूर्ण रुपमा सञ्चालनमा आएको छ।

अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामीलाई सारिएको छ।यस अस्पतालले २ हजार ३ सय कोराना भाइरस संक्रमित बिरामीहरुको उपचार गर्ने लक्ष्य लिएको छ। कोरोना भाइरस संक्रमितहरुका लागि निर्माण गरिएको यो अस्पताल विश्वकै पहिलो हो।

यो अस्पताल ह्वाङगाङ केन्द्रीय अस्पतालको नयाँ शाखा अस्पताल हो। अस्पताल परिसरमा रहेको खाली भवनमा मेडिकल सेन्टर, शय्या थपेर २ दिनमै तयार गरिएको हो। मे महिनामा खुल्ने भनिएको यो अस्पताल कोरोना भाइरसको संक्रमण फैलिरहँदा रफ्तारमा खोलिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू