अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

इरानमा यात्रुबाहक विमान सडकबीचमा अवतरण

बिआरटीनेपाल २०७६ माघ १३ गते ८:३७ मा प्रकाशित

इरानमा एउटा यात्रुवाहक विमान रन-वे छाडेर सडकको बीच भागमा अवतरण भएको छ। दक्षिण– पश्चिम शहर माशहरको विमानस्थलनजिक यस्तो घटना भएको छ। यात्रुबाहक विमान रन–वेमा अवतरण गर्ने प्रयास गर्दा चिप्लिएर नजिकै रहेको राजमार्गमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

विमानमा १३५ जना यात्रु सवार थिए। उनीहरु सबै यात्रु सुरक्षित रहेको समाचारमा उल्लेख छ । क्यास्पियन एयरलाइन्सको उक्त विमान तेहरानबाट मासहर गइरहेको थियो। तर यसका पांग्रा अवतरणको लागि पूर्ण रुपमा नखुलेपछि घटना भएको हो। सामाजिक सञ्जालमा विमानबाट उत्रिरहेका यात्रुको कयौं तस्वीर र भिडियो पोस्ट भएका बिबिसीले जनाएको छ।

इरानी सरकारी टेलिभिजनले प्रान्तीय उड्डयन अधिकारीलाई उद्धृत गर्दै पाइलटले विमानको अवतरण गराउने ढिलाई गरेका कारण रन– वेबाट बाहिरिएको बताएका छन्। क्यास्पियन एयरलाइन्सले एक वक्तव्य जारी गर्दै घटनाको पुष्टि गरेको छ। इरानमा भएको पछिल्लोे विमान दुर्घटनामा ६६ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू