अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 01:53

चीनमा कोरोना भाइरस संक्रमितको उपचारका लागि ६ दिनमै अस्पताल बनाइँदै

बिआरटीनेपाल २०७६ माघ ११ गते ६:५० मा प्रकाशित

चीनको वुहान शहरमा नयाँ कोरोना भाइरसबाट संक्रमित बिरामीहरुको उपचारका लागि धमाधम अस्पताल बनाउन थालेको छ । उक्त अस्पताल ६ दिनमा निर्माण गरिसक्ने गरी निर्माण सुरु गरिएको जनाइएको छ ।

चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण सुरु भएको थियो । वुहानका अस्पतालहरुमा भाइरसका बिरामीहरुको भिड रहेको छ। औषधि पसलमा औषधिको अभाव हुन थालेको बताइएको छ । चिनियाँ सञ्चार माध्ययमका अनुसार अस्पताल २५ हजार वर्ग मीटर क्षेत्रफलमा निर्माण सुरु भएको छ ।

कोराना भाइरसको बिरामीलाई छुट्टै राखेर उपचार गर्नका लागि उक्त अस्पताल निर्माण सुरु गरिएको जनाइएको छ । चिनियाँ मिडियाका अनुसार अस्पताल निर्माणका लागि अत्याधुनिक मेसिनहरूको प्रयोग गरिएको छ ।

चीनमा कोरोना भाइरसबाट ज्यान जानेको संख्या ४२ पुगेको छ। त्यस्तै एक हजार २ सय भन्दा बढीमा भाइरसको संक्रमण देखिएको तथ्यांक आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू