अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४२ | Colorodo: 01:57

चीनमा ‘कोरोनाभाइरस’का कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो, करिब १३ सय संक्रमित

बिआरटीनेपाल २०७६ माघ ११ गते ६:३५ मा प्रकाशित

चीनमा ‘कोरोनाभाइरस’का कारण थप १५ जनाको मृत्यु भएको छ । योसँगै हुवान सहरबाट फैलिएको यो नयाँ भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । १२ सय ८७ जना संक्रमित भेटिएका छन् । हुवेइ सहरमा एकजना चिकित्सककै मृत्यु भएको छ । संक्रमण फैलँदै गएपछि लुनार नयाँ वर्षका महत्वपूर्ण समारोहहरु रद्द गरिएका छन् । वुहान सहरका अस्पतालहरु भरिभराउ भएका छन् भने औषधिको पनि अभाव हुन थालेको छ ।

आवत–जावतमा प्रतिबन्ध लगाइएको सो सहरमा संक्रमण नियन्त्रणका लागि भन्दै एक हप्ताभित्र निर्माण सक्ने गरी हजार बेड क्षमताको अस्पताल निर्माण भइरहेको अधिकारीहरुले जनाएका छन् । यो भाइरसको संक्रमण युरोपमा पनि फैलिएको छ । फ्रान्सका तीनजना र अष्ट्रेलियामा एकजना संक्रमित भेटिएका छन् । यसअघि, थाइल्यान्डमा पाँच, जापान, भियतनाम, दक्षिण कोरियामा दुईरदुई र ताइनवानमा एकजना संक्रमित भेटिएका थिए । नेपालमा पनि एकजना कोरोनाभाइरस संक्रमित भएको पुष्टि भएको छ ।

अमेरिका, बेलायत र क्यानडामा संक्रमणको आशंकामा परीक्षण भइरहेको बताइएको छ । जनावरबाट मानिसमा सर्ने यो भाइरस मानिसबाट मानिसमा सरेकोसमेत पुष्टि भइसकेको छ । यो भाइरसको संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षणहरु देखापर्ने चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू