अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०७ | Colorodo: 08:22

राष्ट्रिय सभाको १८ सिटमध्ये १६ मा सत्तारुढ नेकपा र २ मा राजपा विजयी

बिआरटीनेपाल २०७६ माघ ९ गते १२:३० मा प्रकाशित

काठमाडौँ, राष्ट्रिय सभा सदस्यको १८ सिटका लागि भएको निर्वाचनमा १६ वटामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विजयी भएको छ । प्रदेश २ बाट २ सिटमा मधेश केन्द्रीत दल राष्ट्रिय जनता पार्टी नेपालले जित हात पारेको छ । प्रदेश २ मा नेकपा र राजपाले तालमेल गरेका थिए ।

निर्वाचन भएका सात वटा प्रदेश मध्ये ६ वटा प्रदेशमा नेकपाले एकलौटी जित हात पारेको छ । प्रदेश २ मा नेकपाले राजपासँगको तालमेलका कारण दुई सिट हात पार्न सफल भएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि ४५ उम्मेद्वार प्रतिष्पर्धामा थिए । दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू