अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

विश्वविद्यालयका प्राध्यापक हसन दिव लेबनानका नयाँ प्रधानमन्त्री

बिआरटीनेपाल २०७६ माघ ८ गते ८:१३ मा प्रकाशित

लेबनानमा नयाँ सरकार गठन भएको छ । सरकारको विरुद्धमा लामो समय आन्दोलन भएपछि नयाँ सरकार गठन भएको हो । राष्ट्रपति माइकल अउनले हिज्बुल्लाह र यसका सहयोगीले मन्त्रीपरिषदमा सम्झौता गरेसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो ।

गत वर्ष अक्टोबरमा कामचलाउ सरकारका प्रधानमन्त्री साद हरिरीले राज्यको सम्पतिको दुरुपयोग गरेको र भन्दै चौतर्फी विरोध भएपछि राजीनामा दिनुभएको थियो । २० सदस्यीय मन्त्रीपरिषदको सरकारको नेतृत्व विश्वविद्यालयका प्राध्यापक हसन दिवले गर्नुभएको छ ।

नयाँ सरकारलाई भने अधिकांश दलले समर्थन गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । नवनियुक्त प्रधानमन्त्री दिवले सबैको आकांक्षा अनुसार नै काम गर्ने प्रतिक्रिया दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू