अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२५ | Colorodo: 15:40

ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल सुरु, रिपब्लिकन र डेमाक्र्याट्स नेताहरुबीच विवाद

बिआरटीनेपाल २०७६ माघ ८ गते ८:१० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावविरुद्ध सुनुवाइ सुरु भएको छ । प्रस्ताव छलफलका लागि सिनेटमा पेश गर्नुअघि विपक्षी दलका नेताहरुले अवरोध गरेपछि डेमोक्र्याट्स र रिपब्लिकनहरुबीच विवाद भएको छ । सिनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच म्याकोनेलले प्रस्ताव पेश गर्न रोकेपछि विवाद भएको हो ।

अमेरिकी मुख्य न्यायाधीश जोन रोबर्टले महाअभियोग प्रस्ताव अघि बढाउन निष्पक्ष भूमिका खेल्ने भन्दै सपथसमेत लिएको बीबीसीले जनाएको छ । अमेरिकी इतिहासमा राष्ट्रपतिविरुद्ध महाअभियोग दर्ता भएको यो तेस्रो घटना हो । सिनेटमा रिपब्लिकनहरुको बहुमत भएकाले महाअभियोग लगाउने प्रस्ताव पारित हुनेमा भने आशंका पैदा भएको छ ।

डेमोक्र्याट्सहरु उक्त मुद्दालाई लम्ब्याउन चाहन्छन् भने रिपब्लिकनहरु चाँडै नै मुद्दाको किनारा लगाउने पक्षमा देखिएका छन् । राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेर युक्रेनका राष्ट्रपतिलाई अनावश्यक दवाव दिएको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो आचरणविरुद्ध कार्य गरेको भन्दै महाअभियोग लगाउन लामो समय छलफल गरेर प्रस्ताव संसदमा दर्ता गराइएको हो ।

राष्ट्रपति ट्रम्पले आगामी कार्यकालका लागि पुन निर्वाचित गराउन गत नोभेम्बरमा युक्रेन सरकारसँग सहयोग खोजेको आरोप लगाइएको छ । युक्रेनका राष्ट्रपति वोल्डामिर जेलेन्स्कीसँगको भेटमा ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो विडेनलाई भ्रष्टाचारको मुद्धामा छानविन गर्न दवाव दिएको समाचार सार्वजनिक भएको थियो । तर राष्ट्रपति ट्रम्पले भने उक्त आरोपको खण्डन गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू