अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५७ | Colorodo: 04:12

चीनमा कोरोना भाइरसबाट तीन जनाको मृत्यु, संक्रमितको संख्या बढ्दो, अन्य देशमा पनि प्रभाव

बिआरटीनेपाल २०७६ माघ ६ गते ७:३५ मा प्रकाशित

चीनमा देखिएको रहस्यमय कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गएको छ । पहिलो पटक उक्त भाइरस देखिएको वुहान शहरभन्दा बाहिर राजधानी बेइजिङ र सेन्जेनमा पनि भाइरसको संक्रमण देखिएको छ ।

दक्षिण कोरिया,जापान र थाइल्याण्डमा पनि संक्रमण देखिएको छ । नयाँ भाइरसबाट पीडित हुनेको संख्या दुई सय नाघेको छ भने तीन जनाको मृत्यु भएको छ । वैज्ञानिकहरुले १७ सय बढी संक्रमित रहेको आशंका गरेका छन् । गत डिसेम्बरमा वुहान शहरमा पहिलो पटक देखिएको नयाँ प्रकारको कोरोना भाइरसबाट तीनजनाको मृत्यु भइसकेको छ । वैज्ञानिकहरुले उक्त भाइरसबाट निमोनियाको संक्रमण देखिने जनाएका छन् ।

चीनले विमानस्थलमा चेकजाँचमा कडाइ गरेको छ । सिंगापुर र हङकङले वुहानबाट आउने हवाई यात्रीको स्वास्थ्य जांच शुरु गरेको जनाएका छन् । अमेरिकाले पनि सान फ्रान्सिस्को, लस एन्जलस र न्यूयोर्कका प्रमुख विमानस्थलमा यात्रीहरुको स्वास्थ्य जाँच शुरु गरेको छ । कोरोना भाइरस जनाबर र मानिसबीच सर्ने भाइरस हो । मानिसबाट मानिसमा भने यो भाइरस सरेको भेटिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू