अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५८ | Colorodo: 10:13

लिबियामा राजनीतिक समस्या समाधान गर्न शक्ति राष्ट्र प्रतिवद्ध

बिआरटीनेपाल २०७६ माघ ६ गते ७:२५ मा प्रकाशित

लिबियामा देखिएको राजनीतिक समस्या समाधान गर्न शक्ति राष्ट्रहरु प्रतिवद्ध रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले बताउनुभएको छ । जर्मनको बर्लिनमा भएको शक्ति राष्ट्रहरुको सम्मेलनपछि महासचिव गुटेरसले लिबियामा जारी द्वन्द्व समाधानका लागि हस्तक्षेप नगर्न विश्वका नेताहरु एकमत भएको बताउनुभएको बीबीसीले जनाएको छ ।

शक्ति राष्ट्रहरुले लिबियामा जारी युद्धमा विदेशी हस्तक्षेप सिमित बनाउने र उत्तर अफ्रिकी मुलुकमा युद्धरत समूहलाई शान्तिपूर्ण लडाइको दिशामा पुर्याउने महत्वपूर्ण सम्झौतामा हस्ताक्षर समेत गरेका छन् । सम्झौताले राजनीतिक प्रक्रियालाई अघि बढाउने र द्वन्द्वको सैनिक समाधानलाई नकार्ने नेताहरुले विश्वास लिएका छन् ।

नेताहरुले लिबियामा जारी राजनीतिक द्वन्द्व अन्त्य गरी दिगो शान्तिका लागि राष्ट्रसंघको अगुवाइमा पहल हुनपर्ने धारणा समेत राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू