अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 07:41

अष्ट्रेलियाको आगलागी भएको क्षेत्रमा वर्षा, राहत महशुस

बिआरटीनेपाल २०७६ माघ २ गते ७:२२ मा प्रकाशित

अष्ट्रेलियामा लामो समयदेखि आगलागी भएको क्षेत्रमा वर्षा भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महसूस गरिएको अधिकारीले बताएका छन्। अष्ट्रेलियामा अहिलेसम्म नै नभएको ठूलो आगलागीको घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ भने करोडौँ जनावर पनि जलेर मरेका छन्। न्यु साउथ वेल्समा आगलागी भइरहेको र अहिले परेको वर्षाले आगो नियन्त्रण नै हुने अवस्था भने नरहेको अधिकारीले जनाएका छन्।

अधिकारीहरुका अनुसार आगलागी भएको क्षेत्रमा अहिले वर्षा भएपछि केही राहत महसूस त भएको छ, तर आगलागी नियन्त्रण नै हुने भने देखिएको छैन । बर्षा हुनुभन्दा अगाडिसम्म दर्जनौ ठाँउमा आगलागी भइरहेको विवरण अग्नि नियन्त्रण सेवाका अधिकारीले दिएका थिए। स्थानीय सञ्चार माध्यमले पनि जलिरहेको जंगलमा वर्षा भएको भिडियो र फोटो प्रकाशन तथा प्रसारण गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू