अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

मालीमा आक्रमण, १८ शान्ति सेना घाइते

बिआरटीनेपाल २०७६ पुष २५ गते ७:४८ मा प्रकाशित

संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनाका लागि खटिएका १८ शान्ति सेना घाइते भएका छन् । मालीको दक्षिणी क्षेत्रमा खटिएका शान्ति सेना बिहीबार घाइते भएका राष्ट्रसंघका एकजना प्रवक्ताले जानकारी दिएका छन् ।

संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति मिसनमा पठाइएका शान्ति सेना बसेको सैन्य शिविरमा आज बिहान आक्रमण भएको हो । किडाल क्षेत्रको तेस्सालितमा रहेको शिविरमा आक्रमण भएको प्रवक्ता स्टेफन डुजार्रिकले जनाएका छन् ।

सो मिसनमा माली र अन्तर्राष्ट्रिय सुरक्षा फौजका सुरक्षाकर्मीहरु खटिएको पनि उनले बताएका छन् । प्रारम्भिक विवरणमा १८ शान्ति सेना घाइते भएको जानकारी आएको र अन्य विवरण आउनेक्रममा रहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू