अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४२ | Colorodo: 10:57

जेएनयूको आगो अहमदावादमा पनि, विद्यार्थीहरुबीच भिडन्त

बिआरटीनेपाल २०७६ पुष २२ गते ८:३३ मा प्रकाशित

भारतीय जनता दल समर्थित विद्यार्थी संगठन (एभीबीपी) र भारतीय राष्ट्रिय कांग्रेस समर्थित विद्यार्थी संगठन (एनएसयूआई) का कार्यकर्ताहरुबीच मंगलबार अहमदावादमा भिडन्त भएको छ । एनएसयूआईले एभीबीपीको कार्यालयअगाडि जेएनयूमा भएको घटनाबारे विरोर्ध याली गरिरहेका बेला दुई पक्षबीच भिडन्त भएको हो।

भीडन्तका क्रममा दुवैतर्फबाट ढुंगामुढा भएको थियो। घटनामा एनएसयूआईका स्थानीय नेतासाथै केही विद्यार्थीसमेत घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

आइतबार नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यार्थी संगठनहरुबीच भिडन्त हुनुका साथै जेएनयूका विद्यार्थी युनियनका अध्यक्षमाथि सांघातिक आक्रमण भएको थियो। यसकै विरोधमा अहमदावादमा विरोध र्यालीको आयोजना भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू