अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 12:31

इरानले शक्ति राष्ट्रहरुसँग गरेको आणविक सम्झौता पालना नगर्ने

बिआरटीनेपाल २०७६ पुष २१ गते ८:१८ मा प्रकाशित

अमेरिकासँग तनाव बढ्दै गएपछि इरानले शक्ति राष्ट्रहरुसँग सन् २०१५ मा गरेको आणविक सम्झौता पालना नगर्ने स्पष्ट पारेको छ । शुक्रबार अमेरिकी सेनाको कारवाहीमा इराकी सेनाका शीर्ष जनरल कासिम सोलेमानीको हत्या पछि उसले यस्तो निर्णय गरेको हो ।

इरानले आफूसँग परमाणु हतियार निर्माणका लागि पर्याप्त सामग्री भएकाले अमेरिकालगायतका देशसँग भएको परमाणु सम्झौता पालान गरिहन नपर्ने निर्णय गरेको हो । सन् २०१५ मा भएको सम्झौताअनुसार इरानले आफ्नो संवेदनशील आणविक गतिविधिलाई सीमित गर्ने र अन्तर्राष्ट्रिय निरीक्षणका लागि अनुमति दिने उल्लेख थियो ।

त्यसलगत्तै इरानमाथि लागेको आर्थिक प्रतिवन्ध फुकुवा भएको थियो । तर अब उसले उक्त सम्झौता भङ्ग भएको स्पष्ट पारेको छ । अमेरिकाले एकतर्फी रुपमा उक्त सम्झौता २०१८ मा भंग गरिसकेको छ । यो निर्णयले मध्यपूर्वमा फेरि तनाव बढ्ने आशंका गरिएको छ । यसअघि इरान र इजरायलले आणविक बम उत्पादन नगर्ने प्रतिज्ञा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू