अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 07:54

नेकपाकाे खिचातानीले धकेलियो संसद्

बिआरटीनेपाल २०७६ पुष १६ गते १२:२३ मा प्रकाशित

काठमाडौं, सभामुख कसलाई

5nkmndf ;xefuL g]tf b]pjf
k|wfgdGqL s]kL zdf{ cf]nL / k|d’v k|ltkIf bn g]kfnL sfFu|]; ;+;bLo bnsf g]tf z]/axfb’/ b]pjf k|ltlglw;efsf] a’waf/sf] a}7sdf cfj @)&%÷&^ sf] gLlt tyf sfo{qmddflysf] 5nkmndf efu lnPkl5 xft ldnfpFb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

बनाउने भन्ने विषयमा सत्तारूढ नेकपाका दुई अध्यक्षबीचको खिचातानीले प्रतिनिधिसभा ‘बन्धक’ जस्तै बनेको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले नयाँ सभामुखका लागि उम्मेदवार चयन गर्न नसक्दा संसद् बैठक सरिरहेको छ । थुप्रै कामको चाङ रहेका बेला पटक–पटक सूचना टाँसी बैठक स्थगित गरेर सत्तारूढ दलले संसद्को महत्त्व र गरिमामाथि प्रहार गरेको टिप्पणीसमेत हुन थालेको छ ।

नयाँ सभामुखबारे सहमति जुटाउन दुई अध्यक्षले मंगलबार छलफल गरे पनि टुंगोमा पुग्न नसकेपछि उनीहरूले बैठक स्थगित गर्न संसद् सचिवालयलाई खबर पठाएका थिए । त्यसपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले बुधबार बोलाइएको बैठक ११ दिनपछि अर्थात् पुस २७ गतेका लागि डाकेकी छन् । यसअघि गत ११ गतेका लागि डाकिएको बैठक नेकपाकै आग्रहमा बुधबारसम्म सारिएको थियो । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले अधिवेशनको सुरुवातमै संसद् चल्न नदिँदा राम्रो सन्देश नजाने बताए ।

‘प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठक २७ गतेका लागि सार्नुस् भनेपछि उपसभामुखले त्यही निर्णय गर्नुभयो,’ उनले कान्तिपुरसँग भने, ‘यसले समस्याको समाधान दिँदैन । बरु अवरोध सिर्जना गर्छ ।’ संसद्को यो अधिवेशनको पहिलो कार्यतालिका नै सभामुख चयन गर्ने भएकाले सहमति नजुट्दासम्म संसद् बैठक सुरु हुने अवस्था छैन । मंगलबार भएको दुई अध्यक्षको छलफल भने प्रतिनिधिसभा सभामुख चयन र राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंगो लगाउने विषयमा सकारात्मक भएको उनीहरू निकट स्रोतको भनाइ छ ।

‘राष्ट्रिय सभा सदस्य र सभामुखको विषयमा छलफल सुरु भएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘पहिले सभामुखको उम्मेदवार र त्यसपछि राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टुंगो लाग्ला ।’  राष्ट्रिय सभाका १८ सिटका लागि पुस २० गते उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने भएकाले त्यसअघि नै उम्मेदवार छान्नुपर्ने बाध्यता छ । ‘छलफल त रिक्त मन्त्री पद, संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिको विषयमा पनि भएको छ तर अहिले राष्ट्रिय सभा सदस्यको भागबन्डा र सभामुख चयनको विषय प्राथमिकतामा छ,’ स्रोतले भन्यो, ‘राष्ट्रिय सभाका केही बढी सिट पूर्वमाओवादी पक्षलाई दिएर सभामुख आफूअनुकूल व्यक्तिलाई बनाउने कि भन्ने पनि प्रधानमन्त्रीज्यूको कुरा छ ।’ कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू