अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२१ | Colorodo: 22:36

अफगानिस्तानको शान्ति पदयात्रामा सहभागी २७ जनाको अपहरण

बिआरटीनेपाल २०७६ पुष १० गते ७:२४ मा प्रकाशित

पश्चिमी अफगानिस्तानको शान्ति पदयात्रामा सहभागी २७ जनालाई तालिवान लडाकुहरुले अपहरण गरेका छन् । पिपुल्स पिस मुभमेन्टले शान्ति र युद्धविरामको माग गर्दै करिब दुई साता अगाडिदेखि हेरात प्रान्तबाट आफ्नो यात्रा सुरु गरेको थियो ।

तर फराह प्रान्त प्रवेशपछि उनीहरुको अत्तोपत्तो नरहेको बीबीसीले जनाएको छ । फाराह प्रान्तका डेपुटी गभर्नर मसूद बख्तावरले ६ वटा कारमा रहेका उनीहरुलाई तालिवान लडाकुहरुले एक मुख्य सडकमा रोकेका थिए । त्यसपछि उनीहरुलाई अज्ञात स्थलतर्फ लगेर गए । उनीहरु तालिवान समूहको अपहरणमा परेको भनिए पनि तालिवान वा अन्य कुनै संगठनले यसको जिम्मा लिएको छैन । एकातिर अफगानिस्तानमा अमेरिकाले शान्ति स्थापनाका लागि तालिवानसँग वार्ता जारी राखेको छ भने अर्कोतिर अफगानी र अन्तर्राष्ट्रिय सैन्य बलमाथि आक्रमणका घटना पनि सार्वजनिक भइरहेका छन् ।

एक स्टेडियममा कार बम बिष्फोट हुँदा १७ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भएपछि हेलमण्ड प्रान्तबाट यो शान्ति पदयात्रा सुरु गरिएको थियो । त्यस बेलादेखि यो शान्ति समूहले अफगानिस्तानको अलग अलग स्थानबाट यात्रा गर्दै आएको छ । यो समूहले तालिवानको कब्जामा रहेको क्षेत्रमा समेत पदयात्रा गरेको छ । यो शान्ति पदयात्रामा निस्किएकाहरुलाई अफगानिस्तान सरकारले आर्थिक सहयोग गरेको आरोप तालिवानले लगाउँदै आएको छ ।

यद्यपि पदयात्रीहरुले यस्तो आरोपलाई इन्कार गर्दै आएका छन् । अफगानिस्तानमा सन् २००१ देखि जारी युद्धमा हालसम्म तीन हजारभन्दा बढी अन्तर्राष्ट्रिय सैन्यकर्मी र दशौं हजार अफगान नागरिक मारिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू