अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०५ | Colorodo: 17:20

रुसको प्रमुख सुरक्षा एजेन्सी ’एफएसबी’को मुख्यालयमा गोली चल्यो, सुरक्षा अधिकारीको मृत्यु

बिआरटीनेपाल २०७६ पुष ४ गते ८:४६ मा प्रकाशित

रुसको संघीय सुरक्षा सेवा (एफएसबी) को मुख्यालयमा गोली चलेको छ । रुसी सञ्चारमाध्यमका अनुसार यो घटनामा कम्तीमा १ जनाको ज्यान गएको छ भने अन्य ५ जना घाइते भएका छन् ।

समाचार संस्था ‘इन्टरफ्याक्स’ का अनुसार एफएसबी भवनभित्र एक जना बन्दुकधारीले स्वचालित हतियार चलाउँदा एक जना अधिकारीको ज्यान गएको हो । सुरक्षा बलले घटना घटेको इलाकामा घेराबन्दी गरेको छ र आसपास रहेका मानिसहरुलाई भवनभित्र जानको लागि भनेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनको वार्षिक पत्रकार सम्मेलनको केही घण्टामा नै यो घटना घटेको हो । एफएसबी रुसको मुख्य सुरक्षा एजेन्सी हो । अहिलेसम्म यो घटनाको बारेमा विस्तृत विवरण आइसकेको छैन ।

झण्डै चार घण्टासम्म चलेको राष्ट्रपति पुटिनको पत्रकार सम्मेलनसँग कुनै सम्बन्ध छ कि छैन भन्ने बारेमा पनि अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू