अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५७ | Colorodo: 10:12

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन अर्को महत्वपूर्ण परीक्षण

बिआरटीनेपाल २०७६ मंसिर २९ गते ६:१९ मा प्रकाशित

उत्तर कोरियाले भूउपग्रह प्रक्षेपण क्षेत्रबाट आणविक क्षमता बढाउन अर्को महत्वपूर्ण परीक्षण गरेको छ । उत्तर कोरियाली सरकारी सन्चारमाध्यम ‘केसीएनए’ले परीक्षणको जानकारी दिएको छ ।

केसीएनएका प्रवक्ताले सोहाए स्याटेलाइट ‘लन्चिङ ग्राउन्ड’मा परीक्षण गरिएको बताएका छन् । उत्तर कोरियाले एक हप्तायता गरेको यो दोस्रो परीक्षण हो । अमेरिका र उत्तर कोरियाबीच उत्तर कोरियाको आणविक वार्ता अहिले अवरुद्ध छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले आणविक कार्यक्रम पूर्णरुपमा नत्यागेसम्म ऊमाथिको प्रतिबन्ध हटाउन अस्वीकार गर्नुभएको छ ।

प्योङयाङले भने यो वर्षको अन्त्यसम्मका अमेरिकाले नयाँ सहुलियतहरू नदिए नयाँ बाटो अपनाउने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू