अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

अमेरिकाको न्यू जर्सीमा प्रहरी र बन्दुकधारीबिच गोली हानाहान, प्रहरीसहित ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ मंसिर २५ गते ५:४८ मा प्रकाशित

अमेरिकाको न्यू जर्सीमा बन्दुकधारी र सुरक्षाकमीबिच शृङ्खलाबद्ध रुपमा गोलीहानाहान भएको छ । सो घटनामा एक प्रहरी अधिकारी र अरु पाँचजनाको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

न्यू जर्सी राज्यको जर्सी सिटीमा सुरक्षाकर्मी र बन्दुकधारीबिच गोलीहानाहान भएको हो । सो घटनामा अरु दुई प्रहरी अधिकारी घाइते भएका छन् । बन्दुकधारी स्थानीय एक पसल पसेर बसेपछि गोलीहानाहान सुरु भएको थियो । घटनापछि जर्सी सिटीका विद्यालय तथा व्यवसायहरु बन्द गरिएका छन् । आक्रमणको उद्देश्य अहिलेसम्म खुलेको छैन । अधिकारीहरुले यो घटना आतंककारी जस्तो नरहेको बताएका छन् । घटना नेपाली समय अनुसार मंगलबार राति पौने ११ बजे भएको हो ।

घटनामा ज्यान गुमाएका प्रहरी अधिकारीको पहिचान खुलेको छ । प्रहरी अधिकारी ३९ वर्षका जोसेफ सिल्सको निधन भएको हो । उनी न्यू जर्सीमा अवैध रुपमा राखिएका हतियार जफल गर्ने प्रहरीको अभियानका सहभागी भएको बताईएको छ । ट्रकमा भागेका दुईजना स्थानीय कोशेर सुपरमार्केटमा पसेर गोली चलाउन थालेका थिए । अहिले सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। उनीहरुसँग अति शक्तिशाली राइफल रहेको र सयौँ राउण्ड गोली प्रहार गरेको प्रहरीले बताएको छ । सुपरमार्केटमा रहेका मानिसहरुको हत्या उनीहरुले नै गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू