अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५१ | Colorodo: 08:06

समर्थक नदेखिएपछि अमेरिकी राष्ट्रपतिकी दावेदार कमला ह्यारिस चुनाव नलड्ने

बिआरटीनेपाल २०७६ मंसिर १८ गते ३:१३ मा प्रकाशित

अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा रहेकी कमला ह्यारिस चुनावी मैदानबाट पछि हट्नुभएको छ । क्यालिफोर्नियाकी सिनेटर ह्यारिसले उम्मेदवारी प्राप्त गर्ने अभियानको सुरु गर्दा जस्तो समर्थन नदेखेपछि चुनावी मैदानबाट बाहिरिने घोषणा गर्नुभएको हो ।

गत जनवरीमा ह्यारिसले उम्मेदवारी घोषणा गर्दा उहाँको समर्थनमा धेरै मानिस रहेको देखिएको थियो । तर अभियान चल्दै जाँदा र धेरै नेताहरुको दाबी रहेको डेमोत्र्याट फिल्डमा कमला संकटमा पर्नुभएको हो । गत नोभेम्बरमा पैसाको अभावका कारण ह्यारिसको चुनावी अभियानको बाल्टिमोर स्थित हेडक्वाटर तथा न्यू ह्यामशर र क्यालिफोर्निया स्थित कार्यालयका कर्मचारीलाई कामबाट निकालिएको थियो ।

५५ वर्षकी कमला ह्यारिस राष्ट्रपति डोनाल्ड ट्रम्पकी कडा आलोचक हुनुहुन्छ । उहाँलाई डेमोक्रेटिक पार्टी भित्र लोकप्रिय हुँदै गएको नेताका रुपमा हेरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू