अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११ | Colorodo: 03:26

सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

बिआरटीनेपाल २०७६ कार्तिक २४ गते ७:२६ मा प्रकाशित

नेपालले बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । ढाकामा आज भएको पहिलो खेलमा सहजप्रतिद्वन्दी अफगानिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले शानदार सुरुवात गरेको हो ।

शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपालले अफगानिस्तानलाई २५ –४, २५–९ र २५–६ को सेटमा पराजित ग¥यो । जितसँगै नेपालले ३ अंक जोडेको छ । खेलमा नेपालकी प्रतिभा माली प्लेयर अफ डी म्याच चुनिनुभयो । अफगानिस्तानविरुद्ध नेपालका ६ खेलाडीले डेब्यु समेत गरे भने नेपालकी निरुता थगुन्ना, पुनम चन्द, सुनिता खड्का, सलिना श्रेष्ठ, सोफिया पुन र जानकी भण्डारीले डेब्यु गर्नुभयो । अब नेपालले दोस्रो खेलमा भोली कीर्गिस्तानसँग खेल्नेछ ।

त्यस्तै नेपालले मंगलबार आयोजक बंगलादेश र अन्तिम खेलमा नेपालले बुधबार माल्दिभ्सको सामना गर्नेछ । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथो हुने टिमले तेस्रो र चौथो स्थान हासिलका लागि पुन प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू