अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३५ | Colorodo: 16:50

दक्षिण एसियाली खेलकुदका लागि नेपाली महिला फुटबल टिमको घोषणा

बिआरटीनेपाल २०७६ कार्तिक २३ गते ६:१८ मा प्रकाशित

आसन्न दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउने नेपाली महिला फुटबल टोलीको घोषणा भएको छ । प्रतियोगिता सुरु हुने तीन साताको समय बाँकी रहेको अवस्थामा प्रशिक्षक हरि खड्काले २० सदस्यीय टिमको नामावली सार्वजनिक गरेका हुन् । दक्षिण एसियाली खेलकुद डिसेम्बर १ देखि १० तारिखसम्म काठमाण्डौ र पोखरामा आयोजना हुनेछ । महिला फुटबल पोखरामा सञ्चालन हुने बताइएको छ ।

नेपाली टिममा रहेका अधिकांश सदस्य गत वर्ष विराटनगरमा भएको साफ च्याम्पियनसिप खेलेका रहेका छन् । छनौट हुने खेलाडीहरुमा एन्जिला तुम्बापो, अञ्जना राना मगर, उषा नाथ, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हीराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बू, पूजा राना, रेनुका नगरकोटे, दिपा राई, सरु लिम्बू, इन्दिरा राई, अनिता बस्नेत, मञ्जल कुमारी योञ्जन, विमला चौधरी, सावित्रा भण्डारी, निरु थापा र अनिता केसी रहनुभएको छ ।

प्रतिक्रिया