अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३८ | Colorodo: 11:53

अमेरिकाको टेक्ससमा जस्टेन हललाई मृत्युदण्ड

बिआरटीनेपाल २०७६ कार्तिक २२ गते ९:५० मा प्रकाशित

टेक्सस, संयुक्त राज्य अमेरिकाको टेक्सस राज्यमा गत बुधवार एक अमेरिकीलाई मृत्युदण्ड दिइएको छ । ३८ वर्षीय जस्टेन हललाई मृत्युदण्ड दिइएको जेल अधिकारीले बताएका छन् । उनी टेक्सस राज्यको एल पासो सहर नजिक सन् २००२ को अक्टोबरमा २९ बर्सिया महिला Melanie Billhartz को हत्यामा दोषी ठहरिएका छन् ।

ती हत्या गरिएकी महिलाको शव, हलले न्यु मेक्सिको नजिकको मरुभूमिमा गाडेका थिए । “आर्यन सर्कल” नामको ग्याङले चलाएको लागू औषध उत्पादन प्रयोगशालाका बारेमा प्रहरीलाई खबर दिने धम्की दिएपछि हलले ती महिलाको हत्या गरेको सरकारी वकिलले बताएका छन् ।

हलका वकिलहरूले मानसिक अस्वस्थताका कारण हलले ती महिलाको हत्या गरेको भन्दै माफी दिन अदालत समक्ष पटक पटक आग्रह गरेका थिए, तर हल स्वयंले सन् २०१७ मा अदालतमा पुनः सुनुवाइका लागि आवेदन नगर्न वकिलहरूलाई आग्रह गरेका थिए ।

अमेरिकामा यसै वर्ष मृत्युदण्ड दिइएका हल १९ औँ व्यक्ति हुन् र तीमध्ये आठ जनालाई टेक्ससमा मृत्युदण्ड दिइएको छ ।

फोटो: www.ktsm.com

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू