अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१९ | Colorodo: 20:34

मेक्सिकोमा लागूऔषध माफियाको आक्रमणबाट ९ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ कार्तिक २० गते ७:०७ मा प्रकाशित

उत्तरी मेक्सिकोमा लागूऔषध माफियाको हमलामा परि ९ जनाको ज्यान गएको छ । मृत्य हुनेहरुमा ६ बालबालिका र ३ जना महिला रहेको बीबीसीले उल्लेख गरेको छ । उनीहरु अमेरिकी नागरिक रहेको बताइएको छ । मारिएकाहरु दशकौंअघि देखि मेक्सिकोमा बसोबास गर्दै आएका मोरमोन समुदायका रहेको बताइएको छ ।

अमेरिकाको सिमाना नजिकै पर्ने चिहुआहुआ र सोनोरो राज्यको बीचमा आक्रमण भएको प्रहरीले जनाएको छ । आक्रमणकारीको गलत निशानामा उनीहरु मारिएको सुरक्षा अधिकारीहरुको अनुमान छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको निन्दा गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले ड्रग कार्टेलिङ नियन्त्रणका लागि प्रयास गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू