अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०० | Colorodo: 01:15

क्यालिफोर्निया जंगलमा भएको आगलागीपछि राष्ट्रपति ट्रम्पको चेतावनी

बिआरटीनेपाल २०७६ कार्तिक १८ गते ७:५९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको जंगलमा भएको आगलागीलाई लिएर संघीय सरकारलाई दिने गरेको बजेटमा कटौती गर्ने चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा ट्वीट गर्दै रकम कटौती गर्ने बताउनुभएको हो ।

आगजनीको जिम्मेवारी स्थानीय गभर्नरले बहन गर्नुपर्ने बताउदै ट्रम्पले वन व्यवस्थापन सही तरिकाले नगरेका कारण आगजनी भएको आरोप समेत लगाउनुभएको छ । केही सातादेखि भइरहेको आगजनीका कारण एक लाख हेक्टर जमीन नष्ट भइसकेको छ भने हजारौं मानिस बिस्थापित भएका छन् ।

साथै उहाँले लापरवाहीकै कारण वर्षेनी क्यालिफोर्नियाको जंगलमा आगलागी हुने गरेको र वर्षेनी क्षति व्यहोर्नु दुखद घटना भएको भन्दै सावधानी अपनाउन चेतावनी दिनुभयो । यसैबीच स्थानीय गभर्नरले भने जलवायु परिवर्तनका कारण आगजनी भएको जिकीर गरेका छन् । ग्लोबल वार्मिङका कारण भएको उच्च तापमानले गर्दा आगजनी भएको स्थानीय गभर्नर गेविन न्युजमको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू