अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

भारत प्रशासित काश्मीरको कातरसुर गाउँमा पाँच जनाको गोली हानी हत्या

बिआरटीनेपाल २०७६ कार्तिक १३ गते ७:११ मा प्रकाशित

भारत प्रशासित काश्मीरको कुलगाम जिल्लाको कातरसूर गाउँमा पाँच जनाको गोली हानी हत्या गरिएको छ । घटनामा एक जना घाइते भएको बताइएको छ । गएराति करीब ९ बजे पाँच मजदूरुको गोली हानी हत्या गरिएको बीबीसीले उल्लेख गरेको छ ।

मारिनेहरु सबै पश्चिम बंगालको मुर्शिवादका मजदुर रहेको अधिकारीहरुले जनाएका छन् । हमलामा आतंकवादी समूहको संलग्नता रहेको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले आशंका व्यक्त गरेका छन् । आतकंवादीहरुको समूहले पुलवाको एक विद्यालय परिसरमा गस्ती गरिरहेका सुरक्षाकर्मीमाथि पनि गोली चलाएको समाचारमा जनाइएको छ ।

घटनामा कोही घाइते नभएपनि आक्रमणकारीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । जम्मु काश्मिरको अवस्था बुझ्न यूरोपेली सांसदहरुको टोलीले काश्मिरको भ्रमण गरिरहेका बेला उक्त हमला भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू