अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५५ | Colorodo: 15:10

बेलायतमा ३९ जनाको हत्या आरोपमा लरी चालकमाथि अभियोग दर्ता

बिआरटीनेपाल २०७६ कार्तिक १० गते ६:३७ मा प्रकाशित

बेलायतको एसेक्स शहरमा एउटा लरी कन्टेनरमा ३९ जना मृत भेटिएको घटनामा प्रहरीले सोही लरी चालकमाथि हत्या अभियोग दर्ता गरेको छ । लरी चालक उत्तरी आयरल्याण्डका २५ वर्षीय मोरिस रोबिन्सन विरुद्ध हत्या आरोपमा मुद्दा दायर गरिएको हो ।

उनलाई लरी भेटिएको ग्रेस्को औद्यौगिक क्षेत्रबाट शव फेला परेको केही समयपछि पक्राउ गरिएको थियो । हत्या आरोपित रोबिन्सनलाई भोलि अदालतमा पेश गर्ने तयारी गरिएको छ । उनीमाथि ३९ जनाको हत्या गरेको, ट्राफिकका लागि षडयन्त्र, गैरकानूनी आप्रवासनमा सहयोग गरेको आरोप लगाइएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा थप तीन जनालाई पक्राउ गरिएको जनाएको छ । बेलायती अधिकारीहरुले मृतक चिनियाँ मूलका नागरिकको शनाखत गर्न सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू