अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५९ | Colorodo: 00:14

इराकमा जारी विरोध प्रदर्शन हिंसात्मक बन्दै, ४० जनाको ज्यान गयो

बिआरटीनेपाल २०७६ कार्तिक ९ गते ८:२१ मा प्रकाशित

इराकमा रोजगार तथा सार्वजनिक सेवा सुधारको माग गर्दै जारी विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ । केही दिनयता जारी विरोध प्रदर्शनमा अहिलेसम्म कम्तीमा ४० जनाको ज्यान गएको छ ।प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा सो हताहती भएको बुझिएको छ ।

प्रर्दशनकारीलाई भगाउन प्रहरीले अश्रुग्यास तथा रबरका गोली हानेको थियो । अश्रुग्यासका कारण पनि उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अघिल्लो महिना पनि यस्तै खालको प्रदर्शनका क्रममा ईराकमा १ सय ५० जनाको मृत्यु भएको थियो ।

यसैबीच, इराकी प्रधानमन्त्री अदेल अब्दुल महदीले जनताले शान्तिपूर्वक विरोध वा प्रदर्शन गर्न पाउने भन्दै हिंसा स्वीकार्य नभएको स्पष्ट पार्नुभएको छ । महदी प्रधानमन्त्रीमा चयन भएको मात्र एक बर्ष पुगेको छ । उहाँले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तथा सुधारका कार्यक्रम ल्याउने बताए पनि प्रदर्शनकारी आश्वस्त भएका छैनन् । प्रदर्शनका सहभागी अधिकांश युवा तथा वेरोजगार रहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू