अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

बिधानसभा निर्वाचन– महाराष्ट्रमा भाजपा गठबन्धनको फराकिलो अग्रता, हरियाणामा कांग्रेससँग कडा प्रतिस्पर्धा

बिआरटीनेपाल २०७६ कार्तिक ७ गते ९:५२ मा प्रकाशित

भारतका दुई राज्य हरियाणा र महाराष्ट्रमा भएको विधानसभाका चुनावको मतगणता जारी छ । दुवै राज्यमा भारतीय जनता पार्टीको गठबन्धनले अग्रिता लिएको छ । तर हरियाणामा निकै कडा प्रतिस्पर्धा देखिएको छ । महाराष्ट्रमा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन सत्तामा निरन्तर कायम रहने स्पष्ट जस्तै देखिएको छ । तर हरियाणामा भने भाजपालाई सत्ता जोगाउन मुश्किल पर्ने देखिएको छ ।

महाराष्ट्रको २८८ विधानसभा सिट मध्ये १६४ मा भाजपा गठबन्धनले अग्रता लिएको छ । कांग्रेससहितको गठबन्धन ९४ तथा अन्यले ३० सिटमा अग्रता लिएका छन् । यस्तै कुल ९० सिट रहेको हरियाणा विधानसभामा भाजपा गठबन्धनले ३९ तथा कांग्रेस गठबन्धनले ३१ सिटमा अग्रता लिएको छ । अन्यले २० सिटमा अग्रता लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू