अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२४ | Colorodo: 10:39

१८ नेपाली अधिकारीहरूको भारतमा प्रशिक्षण सुरु

बिआरटीनेपाल २०७६ कार्तिक ५ गते १०:५९ मा प्रकाशित

नेपाल सरकारका १८ अधिकारीहरूको दोस्रो समूहले २०७६ कार्त्तिक ४ बाट भारतको बेंगलूर स्थित ल्बNational Academy of Customs, Indirect taxes and Narcotics (NACIN) मा “सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण” बारे प्रशिक्षण सुरु गरेका छन् ।

नेपाल सरकारको अनुरोधमा कूल ६० अधिकारीहरूको लागि तयार पारिएको यो एक विशेष कोर्स हो । नेपाल सरकारका विभिन्न निकायहरूको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणको रूपमा यस कार्यक्रमलाई लिइएको छ । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्स भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग (ITEC) कार्यक्रम अन्तर्गत रहेको छ । यस प्रशिक्षणले कार्यक्रममा सहभागी अधिकारीहरूको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलाहरूलाई प्रभावकारी ढङ्गबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्नेछ । २० नेपाली अधिकारीहरूको पहिलो समूहले २०७६ भाद्र ७ गते ६ दिने प्रशिक्षण मोड्युल सफलतापूर्वक सम्पन्न गरेका थिए । २१ नेपाली अधिकारीहरूको तेस्रो समूहले यही मङ्सिर–पौष महिनादेखि प्रशिक्षण सुरु गर्नेछन् ।

वित्तीय अनुसन्धान एवम् सम्पत्ति शुद्धीकरण क्षेत्रमा NACIN भारत सरकारको अत्याधुनिक शिक्षण सुविधा सहितको प्रमुख प्रशिक्षण संस्थान हो । यो एसिया ÷प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यता प्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो र अन्य अन्तर्राष्ट्रिय संस्थाहरू जस्तै UNEP, UNODC, SASEC आदिसँग मिलेर काम गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू