अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०८ | Colorodo: 07:23

काश्मीर भिडन्तमा गोर्खा रेजिमेन्टका २ जना नेपालीको निधन

बिआरटीनेपाल २०७६ कार्तिक ४ गते ८:१४ मा प्रकाशित

भारतको जम्मु काश्मीरस्थित कुपवारा जिल्लामा पाकिस्तानी सेनाले युद्धविराम तोडेपछि भएको भिडन्तमा गोर्खा रेजिमेन्टका पदमबहादुर श्रेष्ठ र गमील कुमार श्रेष्ठको मृत्यु भएको छ । पदमबहादुर श्रेष्ठ भारतकै गोलाघाट जिल्लाको हात्तीघुलीका भएको जनाइएको छ । उनका पत्नी, दुई छोरी, एक छोरा र आमाबाबु रहेका छन् ।

गमील भने नेपालका भएको जनाइएको छ । उनको नेपालको ठेगाना भने खुलेको छैन । अर्का एक सर्वसाधारण पनि मारिएको र पाकिस्तानी सेनाले अन्य तीन जनालाई घाइते बनाएको जनाइएको छ । यसैवीच, भारतका प्रधानसेनापति बिपिन रावतले दुई सैनिकको मृत्युप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । नेपालका भनिएका श्रेष्ठको घर भने कहाँ हो खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू