अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

हङकङमा आन्दोलनकारीद्धारा सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार

बिआरटीनेपाल २०७६ कार्तिक ४ गते ८:०६ मा प्रकाशित

हङकङमा जारी सरकार विरुद्धको प्रदर्शनमा आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेका छन् । सरकारले प्रतिबन्द लगाएको मार्चमा सहभागी हजारौं सर्वसाधारणले कालो पहिरन लगाएर निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले बल प्रयोग गरेपछि उनीहरुमाथि नै पेट्रोल बम प्रहार भएको हो ।

चार महिनादेखि जारी विरोध प्रदर्शनका कारण हङकङको जनजीवन अस्तव्यस्त भएको छ । पछिल्लो एक साता स्थगित भएको प्रदर्शन फेरि सुरु भएपछि सुरक्षाकर्मीसँग झडप भएको हो ।प्रदर्शनमा उत्रिएकाहरुले सार्वजनिक जमघटमा अनुहार छोप्न केही दिनअघिको सरकारी प्रतिवन्धको पनि उल्लंघन गरेर मास्क लगाएका थिए ।

आन्दोलनकारीले आफूहरुका मागसँगै विवादास्पद सुपुर्दगी सन्धी सम्बन्धी विधेयक खारेज गर्नुपर्ने यसअघिको मागलाई यथावत राखेको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू