अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१२ | Colorodo: 15:27

काश्मीर क्षेत्रमा भारत र पाकिस्तानको मुठभेड

बिआरटीनेपाल २०७६ कार्तिक ३ गते ९:१७ मा प्रकाशित

भारत प्रशासित जम्मू काश्मीरको विशेष स्वायत्तता खारेज भएपछि अशान्त बनेको जम्मू काश्मीर क्षेत्रमा भारत र पाकिस्तान सैन्य मुठभेडमा उत्रिएका छन् । भारतीय सेनाको आजको जवाफी कारबाहीमा ५ पाकिस्तानी सेना मारिएको दाबी भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

काश्मीरको ताङ्धर क्षेत्रमा भारतीय सेनाले जवाफी कारबाही गरेको हो । भारत प्रशासित काश्मीरको कुपवारा जिल्लामा पाकिस्तानी सेनाले युद्धविराम उल्लंघन गरी २ भारतीय सैनिकको ज्यान लिएको बदलामा कारबाही भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गत अगष्टमा भारतले संविधानको धारा ३७० खोरज गर्दै जम्मू काश्मीरको विशेष स्वायत्त खोसिएपछि त्यहाँको शान्तिको माहोल बिग्रिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू